सिभिल बैंकले शुरु गर्यो अनलाईन फि पेमेन्ट सेवा |
काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दैै सिभिल बैंकको अनलाईन फि पेमेन्ट सिस्टम सुरु गरेको छ ।
विदेशमा अनिवार्य दिनुपर्ने परिक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययनगर्न सकिने अन्तराष्ट्रिय कोर्स ACCA लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि सिभिल बैंकका शाखाहरुबाट भुक्तानी गर्न सक्ने बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । सिभिल बैंकले हाल ६८ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।