सेन्चुरी बैंक र खल्ती वालेटबीच सम्झौंता |
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भूक्तानीका लागि सम्झौंता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाईल बैंकिङमार्फत ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भूक्तानी गर्न सकिने बताइएको छ । सम्झौंतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका थिय ।
ʽसेन्चुरी बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ ।ʼ अग्रवालले भने, ʽ बैंकका ग्राहकहरुले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले सिधै ‘खलती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगदपैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।ʼे
खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भूक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।