मध्यवानेश्वरमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा नयाँ शाखा खोलेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन्। ।
उद्घघाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेश उपाध्याय र सञ्चालक राजेशकुमार रौनियार पनि उपस्थित थिए । शाखा उद्घघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले अतिथिहरुलाई स्वागत गरेका थिए । बैंकको शाखा संख्या अब ७३ पुगेको छ । एटिएम ३५ वटा छन्। भने बैंकका ४ लाख ६० हजारभन्दा बढि ग्राहक छन्। । बैंकसँग २७ अर्ब निक्षेप र २१ अर्ब ७५ करोड ऋण लगानी छ ।