नेपालको फ्रिलान्सिङ हब बन्ने घोषणा गर्दै सञ्चालनमा आयो वर्कहब |
काठमाडौं । नेपालको फ्रिलान्सिङ हब बन्ने उद्देश्यसहति वर्कहब सञ्चालनमा आएको छ ।
डिजिटल माध्यमबाट काम गर्ने समुदायलाई एकिकृत गरी गिग अर्थतन्त्रलाई संस्थागत गर्न भन्दै सरकार वर्कहब डटकम सञ्चालनमा आएको हो ।
उद्योगहरूको विश्वासनीय वेबसाइट सहकर्मी बन्ने लक्ष्य लिएर उक्त वेबसाइट सञ्चालन भएको हो ।
यसमा काम खोज्ने र कामदार खोज्नेहरुका लागि सजिलो माध्यम बन्ने सञ्चालक सदिच्छा ओझाले जानकारी दिइन् ।
नेपालका प्रमुख कम्पनीहरूसँग सहकार्य गरेर घरबाटै काम गर्नेहरु खोजिदिने र घरबाटै काम गर्न अवसर खोज्नेहरुलाई जोडिदिने काम गर्ने उनले बताइन् ।
महामारीको कारण अहिले धेरैले वर्क फ्रम होमको अभ्यास गरिरहेको र कतिपय व्यवसायीहरुले यसलाई नै भविष्यमा निरन्तरता दिने मनसाय बनाइरहेको समयमा वर्कहब डटकम सञ्चालनमा आएको हो ।