सुजुकीको नयाँ सर्भिस सेन्टर वीरगन्जमा |
काठमाडौं । सुजुकीका चार पाङ्गग्रे सवारी साधनका लागि बीरगञ्जमा सुविधायुक्त सर्भिस सेन्टरको सुरुवात गरिएको छ । यस सर्भिस सेन्टरको क्षेत्रफल ५ हजार ६ सय वर्ग फिट छ भने यहाँ दैनिक न्यूनतम १५ वटा कार ह्याण्डल गर्ने क्षमता रहेको छ ।
सुजुकीको चार पाङ्गग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प हो । सुजुकीको विक्री पछिको सेल्स सर्भिस तथा पार्टस वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको सीजीले जानकारी दिएको छ ।
यस सर्भिस सेन्टरमा सुजुकीको मापदण्ड अनुसार सुजुकी एडभान्स डाएग्नोस्टिक सिस्टम (एसडीटी) सहित सम्पूर्ण उच्चस्तरीय उपकरणहरु उपलब्ध छन् । सर्भिस सेन्टरको आफ्नै २ वे बडी शप एवं इन्जिन रिपेयर शपको साथै स्पेयर पाट्र्सका लागि बृहत स्टोरेज स्पेस राखिएको छ ।