माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच वित्तीय सम्झौता |
काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच सम्झौता भएको छ । बैंकले यूके एड सक्षम एक्सिस टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिज सर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिज सर्भका तर्फबाट प्रबन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश कोइरालाले हसताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै बैंकले तोकेबमोजिमका वित्तीय साक्षरतासम्बन्धी सम्पूर्ण कार्य रियान्डा बिज सर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) ले गर्नेछ । उक्त सम्झौताअनुसार अब नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लामा बैंकले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्नेछ ।