आकाशीयो स्यानिटाइजरको आयात, पाँच महिनामा ३६ करोडको आयात |
काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा स्यानिटाइजरको आयात आकाशीयको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ५ महिनामा ३६ करोडभन्दा बढीको स्यानिटाइजर आयात भएको हो ।
विभागकाअनुसार चैतदेखि साउनसम्ममा ३६ करोड ५४ लाखको स्यानिटाइजर आयात भएको छ । अघिल्लो वर्षसम्म खासै स्यानिटाइजरको माग थएिन । अहिले स्यानिटाइजरले संक्रमणबाट बच्न सकिने स्वास्थ्यविद्ले बताएपछि चैतयता बजारमा यसको माग वृद्धि भएको हो ।
विदेशबाट ३४ करोड बढीको स्यानिटाइजर आयात भएकोमा यो अवधिमा नेपालमै करिब ३० करोड बढीको स्यानिटाइजर उत्पादन भएको औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालले जानकारी दिए ।
‘हाल ४० वटा औषधि उद्योगले स्यानिटाइजर उत्पादनका लागि अनुमति लिइसकेकोमा ३० वटा उद्योगले नियमित स्यानिटाइजर उत्पादन गरिरहेका छन्,’उनले भने ।
यद्यपि, विदेशबाट आयात भइरहेको स्यानिटाइजरको भने मापदण्ड जाँच नभएको उनको आरोप छ । दाहालका अनुसार ७० देखि ८० प्रतिशत अल्कोहल भएकोलाई गुणस्तरीय मानिन्छ र त्यसमा मिथानिल मिसिएको हुनु हुँदैन ।
औषधि व्यवस्था विभागसगँ मिथानिल र इथानिल छुट्याउने प्रविधी समेत नभएको उनको दाबी छ ।