स्प्राइटको योजनामा पौने २ लाखले जिते रिचार्ज |
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा १ लाख ८० हजारभन्दा बढी विजेताले रिचार्ज जितेका छन् । उक्त योजनामा उक्त उपभोक्ताले २३ लाख रुप्पैयाँबराबरको रिचार्ज टकटाइम जितिसकेको कम्पनीले जानकारी दिएको हो ।
करीब १ महीनाअघि शुरू भएको सो योजनाअन्तर्गत उपभोक्ताहरूले रू. १० देखि ५ हजार रुपैयाँसम्म रिचार्ज टकटाइम जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना ५ सय एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्याण्टाका बोतलमा लागू हुने बताइएको छ । यो योजना भदौ १५ गतेसम्म लागू हुनेछ ।