एनआईसी एशिया र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतासँगै अब एनआईसी एशिया बैंकका जुनसुकै शाखाबाट सहज रूपमा प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरू खरिद गर्न सकिने बैंकले जानकारी दिएको छ ।
हाल बैंकले २ सय ३७ वटा शाखा कार्यालय, २ सय ३० एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १७ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।