नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता |
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र अस्पतालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्देश जिसीले सोमवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका कार्डहोल्डर ग्राहकहरू र तिनका परिवारलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जानकारी दिएको छ । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरूलाई सुविधा पुग्ने बैंकले बताएको छ ।