नेप्सेको टिएमएस समस्या आएपछि समयावधि थप, ५ː१५ सम्म सेयर कारोबार हुने |
काठमाडौं । नेप्सेको टिएमएसमा समस्या आएपछि आधा ब्रोकरहरुले १२ बजेसम्म कारोबार गर्न पाएका थिएनन् भने आधाको १२ बजेपछि नेप्सेले कारोबार रोक्का राखेको थियो ।
आइतबार ११ बजेदेखि नै नेप्सेको वेबसाइट सुचारु भइरहेको थिएन भने ३ बजेर १५ मिनेट जाँदासम्म नेप्सेको टिएमएसले काम गरेको छैन । यता नेप्सेले भने ३ बजेर १५ मिनेटपछि सेयर बजार सुचारु हुने र ५ बजेर १५ मिनेटसम्म कारोकार अवधि थप गरेको जनाएको छ ।
ब्रोकरको टिएमएस नेप्सेमा लिंक नभएपछि लगानीकर्ताहरुले सेयर कारोबार गर्न पाएका छैनन । अझ अनलाइन सेयर कारोबार गर्नेहरुले आफूहरु आजको कारोबारबाट क्लोज आउटमा परेको गुनासो समाजिक सञ्जालमा राखेका छन् ।
टिएमएस नचलेपछि लगानीकर्ताहरुले रिफ्रेस गर्दै राखेको खरिद अर्डर र विक्री अर्डर दुइ∕तीन पटक देखाएपछि आफूहरु क्लोज आउटमा परेको बताएका हुन् । नेप्सेको गल्तीले भएको क्लोजआउटमा लगानीकर्ता परेका छन् ।
यसबारे नेप्सेले वेबसाइट के कारणले नचलेको र क्लोजआउटमा परेकाहरुलाई के गर्ने बारे छलफल गरेरमात्रै सार्वजनिक गरिने जनाएको छ ।