‘हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई’ नेपाली बजारमा |
काठमाडौं (आपास) । हाइल्याण्ड डिष्टिलरीले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई’ नामको जिन नेपाली बजारमा ल्याएको हो । कम्पनीले शतप्रतिशत शुद्ध एजेड ग्रेन स्पिरिट प्रयोग गरेर सो उत्पादन तयार पारिएको बताएको छ ।
प्राकृतिक जुनिपर बेरिज तथा संसारभरबाट चुनिएका उत्कृष्ट वस्तु प्रयोग गरी उक्त जिन तयार पारिएको कम्पनीले बताएको छ । सो जिन बजारमा उपलब्ध अन्य उत्पादनभन्दा स्वाद र गुणस्तरमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
उक्त उत्पादनको स्वाद र गुणस्तरलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन नेपालमै पहिलो पटक उत्कृष्ट रसियन फिल्टर प्रविधिको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।