रिलायन्स लाइफको आईपीओ बाँडफाँड, ५ लाख ६७ हजार जनाले पाए शेयर |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन् । कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका छन् । त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।
कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए ।
इन्स्योरेन्सको आईपीओ ४.०४ गूणा बढी आवेदन परेको छ ।