सामसङले ग्यालेक्सी नोट२० र नोट२० अल्ट्राको प्रि–बुकिङको समय बढायो |
काठमाडौं । सामसङले आफ्ना नयाँ फ्ल्यागशिप फोनहरुः ग्यालक्सी नोट२० र ग्यालक्सी नोट २० अल्ट्रामा प्रि–बुकिङको समयमावधि बढाएको छ ।
विश्वभरी फिलिएको काेराेना भाइरस महामारीका कारण कम्पनीले प्रि–बुकिङका अवधि भदौ १९ सम्म विस्तार गर्ने निर्णय गरे हो । अब ग्राहकहरूले सबै प्रि–बुकङका अफरहरु विस्तारित समयसम्म लिन सक्नेछन् ।
मूल्य तथा प्रि–बुकिङ अफरहरु
ग्यालक्सी नोट २० को नेपाली बजारमाः १ लाख ९ हजार ९ सय९९
ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्यः १ लाख ३९ हजार ९ सय ९९
ग्यालक्सी नोट २० अल्ट्रा को प्रि–बुकिङ गर्नेे ग्राहकहरुले यी मध्ये कुनै एक छनौट गर्नसक्ने कम्पनीले बताएको छ ।
ग्यालेक्सी बडं वा ग्यालेक्सी वाच ३ (४५ एम एम) २९ हजार ९ सय ९९ मा, ग्यालेक्सी वाच ३ (४१ एम एम) २७ हजार ९ सय ९९ मा र सामसङ लेड टि.भी (३२ इन्च) ८ हजार ९सयमा ९९ मा किन्न सक्छन् ।
त्यसैगरी, ग्यालक्सी नोट२० को प्रि–बुकिङ गर्ने ग्राहकले यीमध्ये कुनै एक छान्न सक्ने भएका छन् ।
ग्यालेक्सी बडं वा ग्यालेक्सी वाच ३ (४५ एम एम) ३१ हजार ९ सय ९९ मा, ग्यालेक्सी वाच ३ (४१ एम एम) २९ हजार ९ सय ९९ मा किन्न सक्छन्। साथै सामसङ लेड टि.भी (३२ इन्च) ९ हजार ९ सय ९९ मा किन्न सक्छन् ।
यसका साथै, प्रि–अर्डर गर्दा गिफ्टको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन.एल.जि इस्युरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) किन्न सकिने लगायतका सुविधा दिइने बताइएको छ ।
यससँगै अर्को स्टोर तथा आइएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्न सकिने लगायतका सुविधा पाउनेछन् ।