गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने |
काठमाडौं । गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर वज्राचार्य र हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सोमवार हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिसँगै अब गण्डकी विकास बैंकका ग्राहकहरूले नेपाल मेडिसिटी हस्पिटलमा उपचार गराउँदा अस्पतालले दिने विभिन्न सेवामा छुट पाउने भएका छन् ।