समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने |
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ भोली शनिवार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ भदौ १३ गते शनिबार बाँडफाँड गर्ने तयारी गरेको हो ।
लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो ।
सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।
लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।