फर्स्ट माइक्रोफाइनान्सले गतवर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने |
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट सेयरधनीहरुलाई कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले ९.० प्रतिशत बोनस शेयर, र कर प्रयोजनको लागि ४.१८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ८७ करोड ६८ लाख ११ हजार पुग्नेछ ।