नयाँ स्मार्टफोन ल्याउँदै नोकिया |
सन् २०२० का लागि नयाँ नयाँ स्मार्टफोन बजारमा आउने भएको छ । नोकियाले पाँच स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेपनि सबैभन्दा पहिला नोकिया ५.३ ल्याउने तयारी गरेको छ ।
६४ मेवापिक्सेलको प्राइमेरी क्यामेरा भएको यो फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलमात्र रहेको छ । त्यस्तै ५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनको डिस्प्ले ६.५ इन्चको छ ।
क्वालकमको स्न्यापड्रागन ६६५ चिप रहेको यो फोनमा एन्ड्रोइड १० वन अपरेटिङ सिस्टम रहेको छ । यसमा स्टोरेज र र्याममा विभिन्न भेरियन्ट हुनसक्ने बताइएको छ । यद्यपी यसमा इन्ट्री लेभल ४ जिबी र्याम र ६४ जिबी मेमोरी हुने छ ।
नेपाली बजारमा भने यो फोन कहिले उपब्ध हुन्छ भन्ने एकिन छैन । भारतीय बजारमा यसको सुरुवाति मूल्य १५ हजार भारु हुने अनुमान गरिएको छ ।