वनप्लस नोर्ड नेपाल भित्रदै, यस्ता छन् फिचर्स |
काठमाडौं । वनप्लसको मिडरेन्ज स्मार्टफोनका रुपमा आएको वनप्लस नोर्ड नेपाली बजारमा आउँदै छ । नेपालका लागि आधिकारीक वितरणक आइहबले नोर्डलाई वेबसाइटमा सूचीकृत गरिसकेको छ ।
वनप्लसले दक्षिण एसियाली बजारलाई आधार बनाएर ल्याएको यो बजेट सेगमेन्टको फोनमा फ्ल्यागसिपका जस्तै फिचर्सहरु हुने कम्पनीले बताएको छ ।
हार्डवेयर तथा फिचर्समा राम्रो मानिएको यो चिनियाँ ब्रान्ड शुरुमा फ्ल्यागसिपमात्र आइरेहको थियो ।
एन्ड्रोइड टेनमा आधारित अक्सिजन अपरेटिङ सिस्टम भएको यो फोनमा चिप भने क्वालकमको स्न्यापड्र्यागन ७६५ प्रयोग गरिएको छ ।
वनप्लस नोर्डमा ४८ मेगापिक्सेलको सोनीको सेन्सर भएको सोनी क्यामेरा छ । यसमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, ५ मेगापिक्सेलको डेप्थ लेन्स र २ मेगापिक्सेलको माइक्रो लेन्स रहेको छ। यसले गर्दा यसबाट माइक्रो फोटोग्राफी सहज हुने बताइएको छ ।
यसबाट फोरके भिडिओ खिच्न सकिने छ ।
यो मोबाइलमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा सेल्फीकै लागि अल्ट्रावाइड लेन्स पनि रहेको छ । ८ जीबी र्या२म र १२८ जीबी मेमोरी हुने यसमा ४१०० एमएच क्षमताको ब्याट्री छ ।
वनप्लसका पछिल्ला फ्ल्यासिपको तुलनामा यसलाई बजेटफोनका रुपमा राखिएपनि नेपाली बजारमा भने यसको मूल्य ५३ हजार ९९९ रुपैयाँ रहेको छ । यो मिडरेन्जको स्मार्टफोन नेपालमा छिट्टै हुने जानकारी दिइएको छ ।