एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता | कर्मचारीका लागि वार्षिक न्यूनतम रू. ५० लाखबराबरको तालीम
काठमाडौं (आपास) । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच तालीम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र इन्ष्टिच्युटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले भदौ १ गते हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब नेशनल बैंकिङ इन्ष्टिच्युटले एभरेष्ट बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालीमहरू सञ्चालन गर्नेछ । सम्झौताअनुसार एभरेष्ट बैंकले आफ्ना कर्मचारीहरूका लागि सो इन्ष्टिच्युटबाट न्यूनतम रू. ५० लाखबराबरको वार्षिक तालीम सञ्चालन गराउनेछ ।