समाज लघुवित्तको आईपीओमा १४८ गुणाभन्दा बढी आवेदन |
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा १४८ गुणाभन्दा बढी आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार सोमबार साँझ पाँच बजेसम्ममा १४८.५६ गुणा बढी आवेदन परेको छ ।
लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
लघुवित्तको सोमबारदेखि शेयर बिक्री बन्द भएपनि अझै पनि कतिपय बैंकबाटै भौतिक रुपमा गरिएको आवेदनहरू भने थपिने छन् ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो ।