विद्युतीय माध्यमबाट मात्र शेयर कारोबारको भुक्तानी गर्न ब्रोकर एसोसिएसनको आग्रह |
काठमाडौं । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ ।
एसोसिएशनले (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै शेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो । धितोपत्र खरीद गर्न चाहने लगानीकर्ताले अनलाईन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोबार गर्न भनेको हो ।