राधी विद्युत कम्पनीको नाफा करिब ३४ प्रतिशत बढ्यो |
काठमाडौं । राधी विद्युत कम्पनी (च्ब्म्ज्क्ष्) ले गत आर्थिक वर्षको चौँथो त्रैमाससम्म ७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ८७ लाख रुपैयाँ अर्थात् ३३.९७ प्रतिशतले धेरै हो ।
अघिल्लो आवमा कम्पनीले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत विक्रीको आम्दानी बढेसँगै कम्पनीको नाफामा बढोत्तरी देखिएको हो ।
यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् १५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ४० लाख रुपैयाँ अर्थात् ९.६० प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्री मार्फत् १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसाले बढेर १५ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा रहेको थियो ।
यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात ११.४५ गुणा छ ।