सामसुङ नोट–९ को प्रि–वुकिङ खुला, मूल्य रू. १ लाख नौ हजार नौ सय |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले अगष्ट ९ मा न्यूयोर्कबाट संसारभरका लागि शुरूवात गरेको ग्यालेक्सी नोट– ९ स्मार्ट फोनका लागि नेपालमा पनि प्रि–बुकिङ खुल्ला गरेको छ । अत्यन्तै शक्तिशाली र अत्याधुनिक प्रविधिमा आधारित भनिएको यो स्मार्टफोनमा ४,००० एमएएच ब्याट्री, नयाँ एसपेन कनेक्टीभिटी, अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्यामरा जडान गरिएको कम्पनीले दाबी गरेको छ ।
सामसुङ नेपालको मोबाइल बिजनेसका प्रमुख प्रणयरत्न स्थापितले सामसुङ नोट प्रिमियम प्रविधि र उद्योग परिभाषित आविष्कार भएको र ग्यालेक्सी नोट– ९ त्यसमा अपवाद नभएको बताए ।
कम्पनीका अनुसार १२८ जीबी र ५१२ जीबीमा उपलब्ध यो स्मार्ट फोनमा माइक्रोएसडी कार्ड पनि राख्न सकिने भएकाले फोटो, भिडियो र अन्य एप्सहरु राख्न पर्याप्त राख्न सकिन्छ । उक्त फोनमा १० एनएमको अत्याधुनिक प्रोसेसर र वाटर कार्बन कुलिङ प्रणाली तथा अन्य धेरै प्रविधिहरू रहेका छन् ।
अहिलेसम्म कुनै पनि नोटमा नभएको ठूलो एज टु एड डिस्प्ले यसमा जडान गरिएको छ । यो फोन तनि फरक रङ मिडनाइट कालो, ओसल ब्ल्यू र मेटालिक कोपरमा बजारमा आउनेछ । नेपाली बजारमा यसको मूल्य रू. १ लाख नौ हजार नौ सय तोकिएको छ ।