रियलमीले ल्यायो इन्ट्री लेभलका २ स्मार्टफोन |
काठमाडौं । रियलमीले इन्ट्री लेभलका दुई स्मार्टफोन ल्याएको छ । रियलमीले सुरुवाति मूल्य श्रृखलामा उच्च ब्याट्री क्षमता तथा मध्यम स्टोरेज सुविधासहितका दुई स्मार्ट फोन ल्याएको हो ।
कम्पनीका सी सिरिजमा रियलमी सी १५ र सी १२ मोडलका स्मार्टफोन ल्याएको हो । इन्ट्री लेभलका यी फोनमा ६ हजार क्षमताको ब्याट्री छ ।
३ जिबी र्याम ३२ जिबी स्टोरेज र ४ जिबी र्याम ६४ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने सि १५ मा १३ मेगापिक्सेलको प्राइमेरी क्यामेरा छ। यसमा सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ ।
मिडियाटेकको चिप प्रयोग भएकोव यो फोनमा ३ कार्ड स्लट भएको फोनमा एक एसडी कार्डका लागि रहेको छ ।
३ जीबी र्याम ३२ जिबी स्टोरेज रहेको सी १२ मोडलमा १३ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ। तीन कार्ड स्लट रहेको यसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
यो मोडलका फोनहरु भारतीय बजारमासमेत सार्वजनिक भइसकेका छन् । यद्यपी नेपाली बजारमा आउने नआउने अहिलेसम्म निश्चित भएको छैन ।