आँखुखोलाको ३ करोड १० लाख रुपैयाँ नोक्सानी |
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनी ३ करोड ३४ लाख रुपैयाँले खुद नोक्सानीमा रहेको थियो ।
विद्युत् बिक्री मार्फतको आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न टेवा पुगेको हो ।
यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट २२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा १०.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ । यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ६४ पैसा छ ।