सिर्जना फाइनान्सको खुद नाफा १२ करोड ५१ लाख |
काठमाडौं । सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७६÷७७ मा १२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई करोड ६२ लाख रुपैयाँले थोरै हो । अघिल्लो आर्थिक वर्ष फाइनान्सले १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
फाइनान्सले कोभिड– १९ को माहामारीको कारण बैंकिङ्ग कारोबार ठप्प प्रय भएको र तरल रकमलाई कर्जा लगानीमा रुपान्तण गर्न नसक्दा नाफामा गिरावट आएको जानकारी गराएको छ ।
चुक्ता पूँजी ८४ करोड ७८ लाख रुपैयाँ रहेको फाइनानसको जगेडा कोषमा १८ करोड ५६ लाख र शेयरधनी कोषमा ९ करोड ६ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधि सम्ममा ८ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
गत असार मसान्तसम्मा फाइनान्सले ३० करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फाइनान्सको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा एक करोड ९ लाख रुपैयाँलरे बढी हो ।
यसअवधिमा पाईनान्सको सञ्चालन मूनाफा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सको सञ्चालन मूनाफा २२ करोड ४ लाख रुपैयाँ थियो । फाइनान्सको प्रतिशेयर आम्दानी १४ रुपौँ ७७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ०४ पैसा रहेको छ ।