आईएमई लाइफ पहिलो वर्षमै साढे ५३ करोड बीमा शुल्क संकलन गर्न सफल |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनको प्रथम वर्षमै ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले प्रथम वार्षिकोत्सव कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएको हो ।
कम्पनीले गतआवमा देशभर विभिन्न ५० स्थानमा शाखा कार्यलय स्थापना गर्न सफल भएको जानकारी दिएको छ । चालू आव २०७५÷७६ को असार मसान्तसम्ममा ४५ शाखा विस्तार गरी बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना कम्पनीले बनाएको छ ।
त्यसैगरी, कम्पनीले आगामी दिनमा सबैका लागि पहुँच हुने, लाभदायक तथा नवीनतम थप बीमा योजनाहरू ल्याउने बताएको छ ।