प्रभु लाइफको खुद बीमाशुल्क एक अर्ब माथि |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क ७० करोड ५८ लाख रुपैयाँले बढाएको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै असार मसान्तसम्ममा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।
इन्स्योरेन्सका खुद बीमाशुल्क बढेसँगै खुद नाफामा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब ४ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा ६७ हजार ९२ वटा बीमालेख जारी गरी एक अर्ब १९ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले ११७ वटा दाबी बापत १५ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ दाबी पावत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।