रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो |
काठमाडौं । रिलायबल नेपाल लाइफले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १ अर्ब १७ रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहेको छ ।