यसरी हेर्न सकिन्छ एईईको परीक्षाफल |
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको छ । गत वर्षको चैत ६ गतेको लागि तोकिएको परीक्षा कोरोनाको कारण रोकिएको थियो । परीक्षा नभएपनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा ?
बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।
यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिनेछ ।
शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए । हाल चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।