अन्तरराष्ट्रिय रम दिवस २०२० ː केवल मदिरा मात्रै हैन रम, औषधिले जसरी गर्छ काम |
काठमाडौं । आज अन्तरराष्ट्रिय रम दिवस ! रम पारखीहरुका लागि खुसिको दिन । यसै अवसर पारेर यसका बिभिन्न आयाम र इतिहासका बारेमा जानकारी दिन गई रहेका छौ ।
तपाइले सधै सन्नु भएको होला मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ भनेर । रम पिउनुको फाइदा सुनेर तपाइले यो कुरा पत्याउनु हुन्न । रम केवल मदिरा मात्र नभएर यसले औषधिकोरुपमा पनि काम गर्छ । त्यसैले आज हामी रम पिउनुको फाइदा भन्न गइरहेका छौ । तर रम लाई लिएर यति मात्रै पुरै साँचो होइन । सत्य त के हो भने रमको प्रयोग धेरै औषधिहरुमा पनि गरिन्छ । आज हामी चिकित्सकिय हिसाबले रमबाट हुने फाइदाका बारेमा जानकारी दिन गइरहेका छौं ।
रम के हो ?
ऊखुको रसबाट रम बनाइन्छ । यो एक क्यारीबियाई अल्कोहल हो । रम एक ग्लूटेन–फ्री अल्कोहल हो । यसको स्वाद मिठो हुनुका साथै केहि तितो पनि हुन्छ । यो पुरानो हुँदै गयो भने हल्का खैरो र कालो रङको हुन्छ ।
दुखाइबाट छुटकारा
रमको सेवनबाट जोर्नीको दुखाइबाट आराम मिल्छ । रमले शरीर र जोर्नीको दुखाई कम गर्न धेरै सहयोग पुर्याउछ ।
जाडोमा लाभदायक
यदि तपाई लाई चिसोको कारणले रुघाखोकी लागेको छ ? यदि छ भने तपाईले राती सुत्नुभन्दा पहिले मन तातो पानीमा रम मिसाएर पिउन सक्नु हुन्छ । बिहानसम्ममा तपाइको रुघाखोकी धेरै कम भैसकेको हुनेछ ।
शरीरमा न्यानोपन ल्याउँछ
रमको प्रभावले शरीर लाई न्यानो बनाउँछ । त्यसैले रम पिउनाले शरीर तातो हुन्छ । यदि कुनै मानिस लाई धेरै चिसो महशुस भएको छ भने त्यस्तो मानिस लाई रम दिन सक्नु हुन्छ । जाडो समयमा मौसमको तापक्रम लाई सन्तुलनमा बनाई राख्न रम पिउनु लाभदायक हुन्छ ।
मिठो निद्रा लाग्छ
रममा केहि यस्तो तत्व पाइन्छ, जसका कारण रम पिउनाले निद राम्रोसँग लाग्छ । रम पिए पछि तपाई लाई गहिरो निद लाग्छ । बिहान उठे पछि तपाइले ताजा महसुस गर्नु हुनेछ ।
मुटुका लागि उत्तम
तपाई थाहा नहुन सक्छ की वाइन जस्तै रम पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले तपाइको नसामा रगतको रुकावट (ब्लकेज) को समस्या लाई हटाउँछ । यसको मतलव तपाई लाई ‘हार्ट अट्याक’ को समस्याबाट टाढा राख्छ । यसका साथै यसले तपाईको शरीरमा उच्च घनत्वको लिपो प्रोटीन ९ज्म्ी० लाई बढाउँछ, जुन तपाईको मुटु लाई स्वास्थ्य राख्नका लागि आवस्यक हुन्छ ।
यस्तो छ रमको इतिहास
हाल आकर्षक बोतल र रङमा बजारमा पाइने ह्वीस्की र रम हुन् वा भोड्का होस्, ती सबै अल्कोहल बनेपछि मात्र बन्न सकेका हुन् । विश्वमा अल्कोहलको प्रारम्भिक इतिहास ईशाको दोस्रो शताब्दीतिरबाट शुरु भएको मानिन्छ । तत्कालीन मेसोपोटेमिया (हालको इराक)का बेबोलियनहरुले दोस्रो शताब्दीतिर पिउनयोग्य बान्सादार स्प्रिट बनाएका थिए । छैटौँ र सातौँ शताब्दीको बीचमा मदिरा बनाउने तरिका स्कटल्याण्ड र आयरल्याण्डमा भित्रियो । सो समयमा मदिरा औषधिको रुपमा प्रयोग गरिन्थ्यो । पक्षघात, पेटको दुखाइजस्ता रोगको निदानका लागि यसको प्रयोग गर्न गरिन्थ्यो । सो समयमा धेरै मात्रामा जौबाट बनेको बियर प्रयोग हुन्थ्यो । सन् १४९४ मा माल्ट जोन कोरले व्यापारका लागि १ हजार ५ सय बोतल मदिरा उत्पादन गरी व्यापार गरेका थिए । त्यसपछि अमेरिकामा भएको क्रान्तिको समयमा धेरै मात्रामा अल्कोहल प्रयोग भएको थियो । सन् १७९४ मा स्कटिस र आइरिस किसानहरुले तत्कालीन शासक अलेकजेन्डर हमिल्टोनद्वारा मदिरामा लगाइएको करको विरुद्धमा आन्दोलन गरेका थिए । सो समयसम्म आइपुग्दा मदिरा लोकप्रिय बनिसकेको थियो, जुन हालसम्म कायम छ । १६ शताब्दीभन्दा अघि माकार्पोलोले ऊखुबाट बन्ने रमको बारेमा लेख लेखेका थिए । १७ औँ शताब्दीसम्म रम डिस्टीलरीबाट बन्दैनथ्यो । त्यसअघि यसलाई ब्रम भन्ने गन्थ्यिो । शुरुमा यो ऊखुबाट बनेको हुनाले मानिसलाई चाख्नका लागि भए पनि योग्य भइसकेको थियो । विश्वमा बढ्दो औद्योगीकरण र विश्वव्यापीकरणको प्रभावले मदिरा विश्वभर फैलियो ।
जीवनशैलीको अभिन्न अङ्ग बन्दै छ मदिरा
नेपाली संस्कृतिमा आएको परिवर्तनसँगै मदिरा आधुनिक जीवनशैलीको अभिन्न अङ्ग बन्न थालेको छ । सर्वत्र आधुनिकीकरणको प्रभाव बढ्दै जाँदा नेपालीमाझ ‘बार कल्चर’ मौलाउँदै गएको छ । घरयासी जमघट, विवाहको पार्टी, पिकनिक, व्यवसायीक भेटघाटलगायतमा मदिरा नभए खल्लो मान्न थालिएको छ । आधुनिक जीवन शैली र बढ्दो शहरीकरणका कारण पनि मदिराप्रतिको आकर्षण बढेको हो । सामान्यतया अन्य समयको तुलनामा विवाह एवम् चाडबाडमा मदिरा उद्योगीहरू व्यस्त हुने गरेका छन् ।
वाइट जिन, भोड्का, वाइट रम, डार्क रमजस्ता शब्दावली नेपालीमाझ परिचित भइसकेका छन् । पहिले मदिरा सेवन गर्दा कसैले देख्छ कि भनेर धक मान्नुपर्ने अवस्था थियो । अब त्यस्तो बन्देज खुकुलो भइसकेको छ । पार्टीमा सहभागीहरूको हातमा विभिन्न ब्राण्डका मदिराको ग्लास देख्नु सामान्य भएको छ । नेपालका केही जातिहरूको परम्परामा त मदिराको प्रयोगलाई अनिवार्य नै बनाइएको छ । सोहीकारण पनि नेपालमा मदिरापारखीहरू हरेक वर्ष बढिरहेका छन् ।
मदिरा सेवन गर्ने शैलीमा आएको उपभोक्ताको परिवर्तनले व्यवसायीहरूलाई विभिन्न ब्राण्ड, प्रकारका मदिरा उत्पादन गर्न प्रेरित गरेको छ । हाल नेपालमा २५, ४०, ५० र ७० डिग्री यूपी (अण्डरप्रूफ)मा मदिरा उत्पादन हुने गरेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार मुख्यगरी मध्यमवर्गका उपभोक्ताले ४० डिग्री यूपीको मदिरा बढि रुचाउन थालेका छन् । ४० डिग्री यूपीको मदिरामा अल्कोहलको मात्रा ३४ दशमलव ५३ प्रतिशत मात्रै हुन्छ । केही वर्ष यतादेखि ४० डिग्री यूपी मदिराको विक्री १५ देखि २० प्रतिशतसम्म बढेको व्यवसायीको अनुमान छ ।
स्वदेशी मदिरा उद्योगले विश्वबजारमा उपलब्ध सबै प्रविधि अवलम्बन गरेका छन् । धेरैजसो मदिरा उद्योगले उखुको खुदोबाट आवश्यक मुख्य कच्चापदार्थ स्प्रिट बनाइरहेका छन् । यूपीले मदिरामा हुने अल्कोहलको मात्रा निर्धारण गर्छ । मदिराको गुणस्तर निर्धारणमा भने यसको खासै भूमिका हुुँदैन । नेपालमा अल्कोहलको मात्रालाई यूपीमा नापिन्छ, तर विदेशमा भने अल्कोहलको मात्रा भोल्युम बाई भोल्युममा नाप्ने गरिन्छ । त्यस्तो मदिरा एलपी (लण्डनप्रुफ)मा नाप्ने गरिएको छ । यूपी बढ्दै जाँदा मदिरामा अल्कोहलको मात्रा घट्दै जाने र मूल्य पनि घट्ने गर्छ । नेपालमा मदिरा तीनओटा साइजको प्याकमा विक्री गरिन्छ ।
मदिरा सेवनको प्रभाव
विशेषगरी जाडोको समयमा ह्विस्की, रम, भोड्का जस्ता मदिराको प्रयोग बढी हुने गर्छ । यस्ता मदिराले शरीरलाई न्यानो राख्न निकै मद्दत पुर्याउँछ । दिनभरको कामको भार, थकाइ र जाडोबाट थोरै भए पनि आराम पाउन मानिसले यस्ता मदिराको प्रयोग गर्ने गरेको पाइएको छ । मदिरा सेवन गर्न रुचि राख्नेहरू बढेकाले जाडोको समयमा बजारमा यस प्रकारका मदिराको खपत धेरै हुन थालेको एक व्यापारीले बताए ।
जाडोमा मदिरा सेवन गर्नु उचित मानिए तापनि यसको बढी प्रयोगले भने शरीरमा निकै समस्या निम्त्याउँछ । मदिरालाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । यसरी सेवन गर्दा कुनै प्रकारको हानि, नेक्सानी पुर्याउँदैन । पक्षघात, पेटको दुखाइ, थकान घटाउनजस्ता रोगको निदानका लागि मदिराको सेवन गर्न सकिन्छ । थोरै मात्रामा मदिरा सेवन गर्नु औषधि मानिन्छ भने धेरै प्रयोग गर्दा यो हानिकारक बन्न सक्छ । बाहिरी तापमानलाई ध्यानमा राख्दै थोरै मात्रामा मदिरा सेवन गर्नाले यसले शरीरलाई हानि नपुर्याउने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकका अनुसार दैनिक ६० मिली भोड्का, ह्विस्की पिउनु स्वास्थ्यका लागि राम्रो मान्निछ । त्यस्तै, १ बोतल बियर वा २ सय ५० मिली वाइनको सेवन पनि स्वास्थ्यका लागि उचित मानिन्छ । ठीक मात्रामा पिएको मदिराले मुटुमा सकारात्मक असर पर्ने चिकित्सकहरूको सुझाव छ । मदिराको सही सेवनले रक्तचाप असन्तुलन, हृदयाघात र एञ्जाइना आदि समस्या न्यून पार्न सघाउ पुग्ने बताइन्छ । तर, यद्यपि, मदिराको बढी सेवनले भने मुटु, फोक्सोलगायत अङ्गमा हानि पुग्ने चिकित्सकहरू बताउँछन् । मदिराको बढी प्रयोगले रक्तचाप बढ्ने, प्यारालाइसिस, मुटु सुनिने, मुटुको धड्कनमा गडबडी र हृदयाघातसमेत हुन सक्छ । साथै, यसको बढी सेवनले आन्द्राको क्यान्सर हुने खतरा पनि उत्तिकै रहेको चिकित्सकको भनाइ छ ।
नेपालमा हाल गोरखा ब्रुअरी, हिमालयन डिष्टिलरी, त्रिशक्ति डिष्टिलरी, माउट एभरेष्ट बु्रअरी, युनाइटेड स्प्रिट नेपाललगायत मदिरा उत्पादन गर्ने ठूला तथा साना करीब ५० ओटा स्वदेशी उद्योग छन् । तर, यी सबै स्वदेशी उद्योगले ४० डिग्री यूपीको मात्रै मदिरा उत्पादन गर्दैनन् । यिनीहरूले अन्य ५०, ७० डिग्री यूपीको पनि मदिरा उत्पादन गर्छन् । त्यस्तै, अष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, स्पेन, इरान, श्रीलङ्का, अमेरिका, बेलायत, जापान, साउदी अरबलगायत देशबाट पनि मदिराको आयात हुन्छ ।
ककटेल र पिउने तरीका
अल्कोहलको केही मात्रा भएको कुनै पनि पेय पदार्थको मिश्रणलाई ककटेल भनिन्छ । वास्तवमा ह्विस्की र सोडा मिलाउनु पनि ककटेल नै हो । तर पनि धेरै मानिसहरू यसलाई सादा पेय पदार्थ अर्थात् स्टे«ट ड्रिङ्कको रूपमा लिन्छन् । अन्य कुनै पनि कुरासँग नमिसाईकन पिइने पेय पदार्थलाई सादा पेय अर्थात् निट ड्रिङ्क भनिन्छ । ककटेल बनाउँदा विभिन्न पेय पदार्थको मिश्रण गरिन्छ । मिश्रण बनाउने तरीका र मिश्रणमा प्रयोग हुने पेय पदार्थहरूको आधारमा ककटेललाई विभिन्न किसिममा विभाजन गर्न सकिन्छ ।
ककटेलका प्रकार
मिश्रणमा प्रयोग हुने पेय पदार्थका आधारमा
- अमिलो (ह्विस्की सावर)
- फिँजयुक्त (जिन फिज)
- स्लिङ्ग्स (सिङ्गापुर स्लिङ)
- कलिन्स (टम कलिन्स)
- फ्लिप्स (शेरी फ्लिप्स)
- कोलाडा (पिना कोलाडा)
मिश्रण बनाउने तरीकाको आधारमा
काइपिरोस्का एण्ड मोजिटो (मिश्रित पेय)
- मार्टिनी एण्ड कस्मोपोलिटन (चम्चाले चलाएर बनाउने मिश्रित पेय)
- मार्गारिटा एण्ड डाइक्विरी (मिश्रणलाई बेस्सरी हल्लाएर तयार पारिने पेय)
- ब्लडी मेरी
- प्लाण्टर्स पञ्च
- स्क्र्युड्राइभर
- बी–५२
एकै घुट्कोमा पिएर सिध्याउन सक्नेसम्मको (अन्दाजी ६० मिली) मात्रामा पनि ककटेल बनाउन सकिन्छ । यस्तो थोरै मात्राको ककटेललाई सानो सट ग्लासमा राखेर दिइन्छ । यसलाई सट्स भनिन्छ ।
ककटेल विशेष अवसरहरूमा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । मन लागेको जुनसुकै बेला पनि ककटेल बनाएर पिउन सकिन्छ । तर पनि स्वाद, अल्कोहलको मात्रा, विशेष समय तथा अवसर मिलाएर पिउने गरेमा ककटेलको मज्जा नै बेग्लै हुन्छ ।
स्वादका पारखीहरूका लागि ककटेल विभिन्न स्वादमा बनाउन सकिन्छ । जस्तै– फलफूलको स्वादमा, फिँजयुक्त, अमिलो, गुलियो, रसिलो र क्रिमको स्वादमा पनि ककटेल बनाउन सकिन्छ । त्यस्तै, अल्कोहलको मात्राको आधारमा पनि थरीथरीको ककटेल बनाउन सकिन्छ । उदाहरणका लागि ककटेल बनाउँदा विभिन्न मात्रामा जिन, रम, ह्विस्की, तकिला, वाइन, ब्राण्डी, लिकर आदि मिलाउन सकिन्छ । ककटेल बनाउँदा पिउने समयका आधारमा पनि मिश्रणहरूलाई फरक–फरक मात्रामा मिसाउने गरिन्छ । दिउँसो पिउनका लागि ककटेल बनाउदा फिँज आउने गरी बनाइन्छ र अलकोहलको मात्रा पनि थोरै मात्र मिसाइन्छ । बेलिनी, मिमोसा, साङ्ग्रिया, स्क्र्युड्राइभर, फज्जी नाभेल र मोजिटो दिउँसोको समयमा पिउन बनाइने ककटेलहरू हुन् ।
साँझ वा बेलुकातिर पिउनका लागि बनाइने ककटेलमा स्वाद अलि कडा हुनुका साथै अल्कोहलको मात्रा पनि बढी नै हुने गर्छ । माइटाइ, ब्लडी मेरी, काइपिरोस्का, ब्ल्याक रसियन र मार्टिनिज कामीकाजी, सेक्स अन द बीच आदि पार्टीमा प्रयोग हुने ककटेलहरू हुुन् ।
महिला र पुरुषले पिउने ककटेल फरक हुन्छ ?
ककटेल बनाउँदा महिला र पुरुषका लागि भनेर छुट्टाछुट्टै किसिमको बनाइँदैन । तर पनि व्यवहारमा हेर्दा धेरैजसो महिलाहरूले भोड्का र वाइनको ककटेल रुचाएको पाइन्छ भने पुरुषहरूले चाहिँ ह्विस्की र डार्क रमको ककटेल बढी मन पराउँछन् । पुरुषहरूले मन पराएको ककटेलहरूमा ह्विस्की सावर्स, मनहाटन्स आदि छन् भने महिलाहरूले मन पराएको ककटेलहरूमा किर रोयल, कस्मोपोलिटन्स, बेलिनी, काइपिरोस्का, मोजिटो, सेक्स अन द बीच, फ्रुट मार्गेरिटाज र फ्रट्स डाइकिरी पर्छन् ।
कस्तो अल्कोहल मिसाउने ? कसरी पिउने ?
ककटेल बनाउँदा मिसाइने प्रमुख अल्कोहल रम, जिन, भोड्का, ब्राण्डी, ह्विस्की र लिकर्स नै हुन् । यी अल्कोहलबाहेक विभिन्न देशहरूमा पाइने विशेष प्रकारका अल्कोहल पनि ककटेल बनाउँदा प्रयोग गर्ने गरेको पाइन्छ । ब्राजिलको काकाचा, फ्रान्सको मार्क, इटालीको ग्राप्पा, मेक्सिकोको तकिला र मेज्कल, स्क्याण्डिनेभियन मुलुकहरूको अक्वाभिट, चिली र पेरुको पिस्को, ग्रीसको ओउजो, भारतको गोवामा पाइने फेनी, दार्जिलिङमा पाइने गुराँसको रक्सीलाई पनि ककटेल बनाउँदा अल्कोहलका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । यी विभिन्न किसिमका अल्कोहल छुट्टाछुट्टै किसिमका पदार्थ प्रयोग गरेर अलग–अलग तरीकाबाट बनाइएको हुन्छ । त्यसैले, कुनै पनि दुई अल्कोहल समान किसिमका हुँदैनन् । उदाहरणका लागि छुट्टाछुट्टै ब्राण्डका सेतो रम एकै किसिमका हुँदैनन् । यस आधारमा तिनीहरूको मूल्य पनि फरक नै हुन्छ । हरेक अल्कोहलको आ–आफ्नै स्वाद र गन्ध हुन्छ । त्यसकारण, आफ्नो रुची अनुसार यी अल्कोहल सादा रूपमा वा सोडा, पानी, बरफ, एरेटेड वाटर र फलफूलको रस आदिसँग मिसाएर पिउन सकिन्छ ।