सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड ५६ लाख |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ५८ प्रतिशतले बढेको छ ।
निर्जिवन बीमा कम्पीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६∕७७ को अन्तिम त्राइमासको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड ५६ लाख २९ हजार नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३ करोड ६२ लाख ६२ हजार आर्जन गरेको थियो ।
कम्पनीको कुल आय पनि अघिल्लो वर्षको तुलनामा बढेर ९ करोड ७१ लाख पुगेको छ । कम्पनीले लगानीबाटै ५ करोड आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनाका करिब दोब्बर बीमा शुल्क संकलन गरेको कम्पनीको ७० करोडमा यथावत रहेको छ ।