नेपाल बंगलादेश बैंकको नाफा २१.६२५ घट्यो |
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२५ ले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा पनि ५६.८०५ ले घटेर ४४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । बैंकले निक्षेप संकलन १२.५३५ र कर्जा लगानी ११.८२५ ले बढाउन सफल भएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि १.१५५ ले २.८९५ पुगेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशː २.१२५ र २०.७५५ ले घटेको छ । असार मसान्तसम्म आइपुदा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा रहेको छ ।