ओटीसी कारोबार गर्नका लागि नेप्सेले छनौट गर्यो १२३ कम्पनी |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ओभर द काउन्टर (ओटीसी) कारोबारका लागि १२३ कम्पनी छनोट गरेको छ । नेप्सेले ती कम्पनी छनोट गरेको मंगलबार सूचना जारी गर्दै जनाएको हो ।
छनोटमा पर्नेमा नेपाल बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेड लगायतका कम्पनी छन् ।
नेप्सेले छनोट गरेकामध्ये कतिपय दोस्रो बजारमा कारोबार भइरहेका कम्पनी समेत छन्, जसले सूचीकरण खारेज भएका बेला ओटीसी बजारमा कारोबार गरेका थिए ।
छनोट भएका कम्पनीमा नेप्सेमा सूचीकृत नभएका वा दोस्रो बजारमा कारोबार नभएका कम्पनीको सेयर मात्र ओटीसी बजारमा कारोबार हुन्छ ।