एशियन लाइफको योजना ‘जीवन सञ्जीवनी’ | ५० हजारमै बीमा गर्न सकिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ग्राहकहरुका लागि नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘जीवन सञ्जीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) नामको योजना सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष दीपकुमार श्रेष्ठले शनिबार उक्त नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।
न्यूनतम ५० हजारको बीमाङ्कमै शुरू गर्न सकिने यस योजनामा बीमितले बीमा अवधिभर पटक÷पटक किस्तामा भुक्तानी पाउनेछन् । साथै, बीमित ९९ वर्ष पूरा हुञ्जेल जीवितै रहेमा थप बीमांक रकम भुक्तानी पाउने कम्पनीले जानकारी दिएको छ ।
यस अन्तर्गत बीमितले रकम भुक्तानी पाउन बीमा समाप्ति अवधिसम्म कुर्नु पर्दैन । बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउनेछन् ।