ग्रोथ लिडरशिप एकेडेमीको सेल्स समिट |
काठमाडौं । ग्रोथ लिडरशिप एकेडेमीले राजधानीमा सेल्स समिट २०१८ को आयोजना गर्यो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कम्पनीको तेस्रो संस्करणको उक्त कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष चौधरीले शुरुआती समयको तुलनामा आजको बजारले ठूलो परिवर्तन देखिसकेको बताए । उनले भने, ‘सामाजिक सञ्जाललगायत बजार व्यवस्थापनका थुप्रै माध्यम उपलब्ध रहेको आजको समयमा कुनै सही उत्पादनलाई विश्वमाझ पुर्याउन सेल्स व्यवसायीको आवश्यक पर्छ नै ।’
सम्मेलनमा फाष्ट मुभिङ कञ्जुमर गूड्स, म्यानुफ्याक्चरिङ, बैंकिङ तथा वित्तीय संस्था, अटोमोबाइल्स, रियल इस्टेट र सूचना प्रविधिलगायत क्षेत्रका २ सय ७० जनाभन्दा बढीको सहभागिता थियो ।