शाओमीले चिनियाँ बजारमा सार्वजनिक गर्योल ‘मी १० अल्ट्रा’ |
काठमाडौं । मी १० अल्ट्रा स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक भएको छ। चिनियाँ स्मार्टफोन निर्माता शाओमीले मी सिरिजको विशेष मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले १० औं वार्षिकोत्सवको अवसरमा उक्त फोन सार्वजनिक गरेको हो । चिनियाँ बजारमा १० र ८ जिबी र्याममा उपलब्ध यो फोन १२ जिबी र्याममा पनि रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिभ्युहरुका अनुसार एन्ड्रोइडमा आधारित मियुई १२ अपरेटिङ सिस्टममा चल्छ ।
रियर क्यामेरा ४८ मेगापिक्सेलको भएको स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
४ हजार ५ सय एमएएच क्षमताको ब्याट्री भएको फोनले १२० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। कम्पनीको दाबीअनुसार यसको ब्याट्री २३ मिनेटमा पूर्ण चार्ज हुने छ । यस बाहेक यो फोनले ५० वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने छ ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा सार्वजिनिक भएको यो फोन चीन बाहिरको बजारमा आउने नआउने निश्चित भएको छैन ।