बाथरूम गन्हाउने समस्या यसरी हटाऔं |
तपाईंको बाथरूमबाट यदि अजिब खालको गन्ध आयो भने कस्तो सोच्नुहुन्छ ? यस्तो घटनाले तपाईंलाई पक्कै पनि लाज लागेको हुनुपर्छ । तपाईं बाथरूमबाट आउने गन्ध हटाउन घरेलु उपाय अपनाउन सक्नुहुन्छ । बाथरूममा भिजेको रूमाल नराख्ने, झ्याल खुला राख्नेजस्ता काम गरेर गन्ध कम गर्न सकिन्छ । तर, यतिले मात्रै पुग्दैन । बाथरूमबाट निस्कने गन्ध हटाउने उपायहरू यस्ता छन् ː
झ्याल खुला राख्ने
बाथरूमबाट आउने गन्ध हटाउन यो सबैभन्दा राम्रो घरेलु उपाय हो । तपाईं केही दिनका लागि घरबाट बाहिर जाँदा बाथरूमको झ्याल बन्द गर्नुभएको होला । तर, त्यसो गर्दा हावाको आवागमन नहुनाले बाथरूमबाट कडा खालको गन्ध आउँछ । त्यसैले, झ्याल खुला राखेर हावा भित्र आउन दिनुपर्छ ।
रूम फ्रेशनरको प्रयोग गर्नुहोस्
यो पनि गन्ध हटाउने सजिलो तरीका हो । तपाईंले आफूलाई मन पर्ने फ्रेशनर छान्न सक्नुहुन्छ । बाथरूमका लागि नीलगिरि (युकलिप्टस) वा एक्वा वाला फ्रेशनर राम्रो हुन्छ । फ्रेशनर बाथरूममा हल्का छर्केपछि त्यहाँबाट आउने नराम्रो गन्ध हट्छ ।
नियमित रूपमा सफा गर्नुहोस्
फ्रेशनर छर्कनु मात्र बाथरूमको गन्ध हटाउन पर्याप्त हँुदैन । यदि यसलाई नियमित रूपमा सफा गर्नुभएन भने गन्ध आइरहन्छ । त्यसैले, बाथरूमको बेसिन तथा नाली सफा गरिराख्नु पर्छ ।
बेकिङ सोडाको प्रयोग गर्नुहोस्
कमोडको सफाइ गर्नु केही असजिलो काम हो । यस्तो समस्याबाट बच्न पहिले फल्स गर्नुहोस् । अब यसमा एक कप बेकिङ सोडा राखेर कमोडको बिर्काे बन्द गरी दिनुहोस् । १ घण्टापछि पुनː यसलाई फ्लस गरिदिनुहोस् । यस्तो गर्नाले यसको दाग तथा गन्ध सबै हराएर जान्छ ।
भोड्का
तीन भाग पानी तथा एक भाग भोड्का मिसाएर यसको घोल बनाउनुहोस् । यसमा केही थोपा नीलगिरि वा लेवेण्डरको तेल मिलाइदिनुहोस् । यसलाई एउटा स्प्रे बोतलमा राखेर तपाईं घरेलु रूम फ्रेशनर तयार गर्न सक्नुहुन्छ ।
मैनबत्ती बाल्नुहोस्
यदि तपाईं बाथरूमको गन्धबाट छिटो छूटकारा पाउन चाहनुहुन्छ भने यो पनि सजिलो घरेलु तरीका हो । एउटा मैनबत्ती बाल्नुहोस्, यसले नराम्रो गन्ध निष्क्रिय बनाइदिन्छ ।
सुक्खा राख्नुहोस्
यदि तपाईंले भुँइ तथा भित्तालाई भिजाएर राख्नुभयो भने बाथरूमबाट तीखो गन्ध आउँछ । त्यसैले, बाथरूमको भुईं तथा भित्ता सुक्खा राख्नुहोस् । ढोका खुला राख्नुहोस् तथा शावरलगायत अन्य उपकरणलाई पुछ्नुपर्छ । बाथरूमभित्र हावा तथा प्रकाश भने छिरिहेको हुनुपर्छ ।
भिनेगारको प्रयोग गर्नुहोस्
तपाईंहरू धेरैमा धूमपानको बानी लागेको हुन्छ । सिगरेटको धूवाँले पनि बाथरूमबाट आउने गन्ध झन् बढाइदिन्छ । एउटा रूमालमा सेतो भिनेगार छर्कनुहोस् र यसलाई निचोर्नुहोस् । त्यसपछि यसलाई बाथरूममा झुन्ड्याइदिनुहोस् । यसले छिट्टै सारा गन्ध हटाइदिन्छ ।