लिवर्टी ईनर्जीले गर्यो आईपीओ बाँडफाँट |
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । सो शेयर कम्पनीले साउन २४ गते बाँडफाँट गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।