मध्यमस्तरीय कर कार्यालय सञ्चालनमा |
काठमाडौं । कर प्रशासनले संरचनागत परिवर्तन गर्दै स्थापना भएको मध्यमस्तरीय कर कार्यालयले हिजोदेखि आफ्नो काम शुरू गरेको छ । योसँगै पहिलेका ठूला करदाता कार्यालयका केही क्षेत्राधिकारसहित विभिन्न क्षेत्रीय कर कार्यालयहरूको क्षेत्राधिकारमा रहेर उक्त कार्यालयले काम शुरू गरेको बताइएको छ ।
कार्यालयको औपचारिक शुरुवात गर्न बाँकी भए पनि हिजोदेखि दैनिक, प्रशासनिक तथा प्रक्रियागत काम शुरू भएको मध्यमस्तरीय कर कार्यालयले जानकारी दिएको छ । विभिन्न क्षेत्रअनुसार कारोबारको सीमा तोकेर कार्यालयलाई क्षेत्राधिकार दिइएको छ ।
कार्यालयले सामान्यतया ४० देखि ८० करोड कारोबार हुने करदाता हेर्ने छ । तर बैंक, मेडिकल कलेज, निर्माण व्यवसाय गर्ने संस्था, ट्राभलजस्ता कम्पनीको हकमा २५ करोडदेखि माथिको कारोबार हेर्नेछ ।