टिकटकको अमेरिका संचालन अधिकार किन्ने दौडमा ट्वीटर पनि |
माइक्रो बल्गिङ साइट ट्वीटरले चिनियाँ एप टिकटकको अमेरिका संचालन अधिकार किन्न चासो देखाएको छ । रोयटर्सले यस मामिलासँग जानकार भएका दुई जनाको हवाला दिदैं ट्विटरले टिकटकको चिनियाँ माउ कम्पनी बाइटडान्ससँग चासो राखेको समाचार प्रकाशित गरेको छ ।
यध्यपी विज्ञहरूले भने टिकटक खरिदका लागि ट्विटरको वित्त क्षमतामाथि शंका व्यक्त गरेका छन् । टिकटिकको अमेरिका संचालन किन्न माइक्रोसफ्टले यसअघि नै चासो देखाइसकेको छ ।
यस्तोमा ट्विटरले माइक्रोसफ्टलाई पन्छाउँदै टिकटिक किन्ने कुरा टाढा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्सलाई ४५ दिनभित्र अमेरिका संचालनको अधिकार बेच्ने समय दिएका छन् । ४५ दिनभित्र सो नभएमा टिकटक अमेरिकामा बन्द हुनेछ ।
ट्विटरको बजार मूल्य ३० विलियन अमेरिकी डलरको नजिक छ र टिकटकले बेच्न लागेको अमेरिकी संचालनको मूल्यपनि लगभग यति नै छ । यसका लागि टिकटक किन्ने हो भने ट्विटरले थप पैसा जुटाउनुपर्नेछ ।
’ट्विटरलाई टिकटकको अमेरिका संचालन किन्नका लागि चाहिने पर्याप्त रकम जुटाउन कठिन पर्नेछ । उसँग ऋण लिने पर्याप्त क्षमता छैन’, युनिभर्सिटी अफ मिसिगनका प्रोफेसर इरिक गोरडनले भने ।
’यदि ट्विटरले लगानीकर्ताको समूहलाई संलग्न गराउन खोजे पनि त्यसका सर्तहरू कडा हुनेछन् । ट्विटरका अहिलेका सेयरधनीहरूले ट्वीटरको विधमान व्यापारमा नै ध्यान दिन आफ्ना व्यस्थापकलाई भन्नसक्छन्’, उनले थपे ।
ट्विटरको एउटा आर्थिक साझेदार सिल्भर लेकले सम्भावित खरिदका लागि आर्थिक श्रोत उपलब्ध गराउन रूचि राखेको श्रोतले जनाएको छ । टिकटक, बाइटडान्स र ट्विटरले यसबारेमा टिप्पणी दिन अस्विकार गरेका छन् ।
राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले ४५ दिनभित्र टिकटक बन्द गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् र यसबाट बच्न टिकटिकले अमेरिका संचालन बेच्न चाहेको हो ।