७ प्रतिशत लाभांस दिने एनएलजीको घोषणा |
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत शेयर लाभांस दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको वैठकले उक्त घोषणा गरेको छ ।
अघिल्लो वर्षको सञ्चित नाफाबाट शेयर दिने घोषणा गरिएको हो ।
चुक्ता पुँजीको ७ प्रतिशत हुन आउने ७ करोड १७ लाख २५ हजार रुपैयाँ बराबरको शेयर लाभांस दिने र त्यसको कर प्रायोजनका लागि ३७ लाख ७५ हजार रुपैयाँ नगद लाभांसको घोषणा गरिएको छ ।