एनआईसी एशिया र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरूले बैंकका जुनसुकै शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमासम्बन्धी सेवा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।