एनसीसी बैंकको सीईओमा रमेशराज अर्याललाई निरन्तरता |
काठमाडौं । नेपाल क्रेडिट एन्ण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालले नै निरन्तरता पाउने भएका छन् ।
बैंकमा ४ वर्षे कार्यकाल पुरा गरेका अर्याललाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
गत १९ गते बसेकेा बैंक सञ्चालक समितिको बैठकले अर्याललाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो । उक्त सूचना नेपाल स्कट एक्सचेञ्जले बिहीबार प्रकाशन गरेको छ ।
बैंकको सीईओको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । एक सीईओ दुई कार्यकालभन्दा बढी भने एकै बैंकमा काम गर्न पाउँदैनन् ।