ग्लोबल आईएमई र आईएमई लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तफृबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बैंकका जुनसुकै शाखामार्फत आईएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले १३१ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १३४ एटीएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।