रोडीको सवारी – यामाहा एफजेडएस एफआई भी ३ |
काठमाडौं । सुजनलाई दुस्साहसपूर्ण कार्य र खेलकुद मनपर्छ, यही भएर नै उनले रोडी बन्ने यात्रामा आफूलाई संलग्न गराएका थिए र पोखरामा भएको अडिसन राउण्डमा उनको उपस्थितिले त्यहाँ उपस्थित सबैलाई चकित बनाइदिएको थियो । हो ! अग्लो बाँसको लठ्ठीमा उभिरहेको मानिस थिए सुजन । सुजनको एउटा सपना छ, जस अनुसार उनी एउटा त्यस्तो समुदाय निर्माण गर्न चाहन्छन्, जसले बाँसका लठ्ठीहरुमा अनुशासनको अभ्यास गरोस् र रोडिजको मञ्चमार्फत् उनी आफ्नो सपना सबैलाई पुर्याउन सकिन्छ भन्नेमा उनी आशावादी छन् ।
पोखराका सुजन हाल श्री शितलादेवी सामुदायिक उच्च मा.वि. पोखरामा खेल शिक्षकको रुपमा कार्यरत छन् र साथै उनी ब्रिटिस वा इण्डियन आर्मीमा भर्ति हुन चाहने युवाहरुलाई प्रशिषण दिने कार्यमा पनि संलग्न छन् ।
विजेता रोडी सुजनलाई एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जिवि शाहले एक समारोहका बीच उक्त मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
नयाँ रोडी सुजन सुवेदी, जो यामाहा एफजेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३– ब्लड, स्वेट र टियर्स को उपाधि विजेता हुन्, उनलाई विजेताले पाउने पुरस्कार स्वरुप यामाहा एफजेडएस एफआइ भी ३ प्रदान गरिएको छ ।
पुरस्कार प्राप्त गरेपछि अत्याधुनिक प्रविधियुक्त मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरेकोेमा यामाहा टिम प्रति कृतज्ञता व्यक्त गर्दै सुजन सुवेदीले भने, ‘यामाहा एफजेडएस एफआई भी ३ मेरो दैनिकीलाई सहज बनाउने एक महत्वपूर्ण कडी हुनेछ । यो बाइकमा सवार गर्दा मलाई एक रोडी भएको नाताले समाज प्रति मैले निर्वाह गर्नुपर्ने जिम्मेवारीको बोध गराइरहनेछ ।’
“नवीनतम प्रविधिहरु जस्तै फ्युल इन्जेक्सन, एबीएस, का साथ यो मोटरबाइक रोडीको लागि एक सही साथी हो । यामाहा एफजेड सिरिजको निर्माण, जब बाटोहरु खराबीतर्फ मोडिन्छन् तब त्यो बेलामा हरेक व्यवधानमाथि जित हासिल गरेर यसको सबैभन्दा उत्कृष्ट प्रस्तुती दिने गरी गरिएको छ । हामी गौरवका साथ भन्न सक्छौं कि एफजेडएस एफआई भी ३ ले सुजनको दिनानुदिनको जिन्दगीमा सही साथ दिनेछ । यो यामाहा एफजेड सिरिज हो र हामी यामाहा एफजेड प्रस्तुत हिामलय रोडिज ब्लड, स्वेट र टियर्सको एक हिस्सा बन्न पाएकोमा गौरवान्वीत भएका छौं ।” एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जिवि शाहले मन्तव्य राखेका थिए ।