आज टीभीएसको नयाँ बाइक दराजमार्फत सार्वजनिक हुँदै, १२ हजार छुट पाइने |
काठमाडौं । टीभीएसले नयाँ बाइक अपाचे आरटीआर १६० ४भी सिंगल डिस्क भेरिएन्ट बुधबार दराजमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो अवसरमा १२ हजार छुट उपलब्ध गराउने बताएको छ । हाल सो बाइकको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ छ । छुट पश्चात सो बाइकको मूल्य २ लाख ६० हजार ९ सय रुपैयाँ हुनेछ ।
दराजले यो हप्ता ‘दराज महा बचत योजना’ संचालन गरिरहेको छ । यही योजना अन्तर्गत नै टीभीएसको बाइक सार्वजनिक हुन लागेको हो । यो योजना ७ दिनका लागि उपलब्ध हुनेछ ।
टीभीएस अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन छ, जसले १६.५ पीएस पावर र १४.८ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ५ स्पिड गियरबक्स छ । त्यसैगरी टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा छ ।