‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता |
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ । उक्त योजना करीब २० दिनअघिदेखि शुरू भएको हो ।
सो योजनामा उपभोक्ताले १२ लाखबराबरको रिचार्ज टकटाइम जितिसकेका छन् । यो योजनाअन्तर्गत उपभोक्ताहरूले रू. १० देखि ५ हजार रुपैयाँसम्म रिचार्ज टकटाइम जित्न सक्ने कम्पनीले बताएको छ ।
यो हप्ता पनि हाँडीगाउँ निवासी निरु कार्की, रानीवन ढुुंगेधारा निवासी किस्मत ढकाल, जोरपाटीका सुनिल तामाङ र हाँडीगाउँकै खगेन्द्र न्यौपानेले रू. ५ हजारबराबरको रिचार्ज टकटाइम जितेको कम्पनीले जानकारी दिएको छ । यो योजना ५ सय एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फेन्टाका बोतलमा लागू हुने बताइएको छ । यो योजना भदौ १५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।