हिमालय रोडिज सिजन ३ सम्पन्न, विजेता बने सुजन सुवेदी |
काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३ – ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । विजेता बनेका छन् रोडी सुजन सुवेदी । सुजन ग्याङ्ग ग्रीनअन्तर्रगत लाउरेको टिममा थिए ।
सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको रियालिटी शोले १८औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको हो । नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शोले तेस्रो शृँखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरेको छ ।
इन्डियाको फ्रेन्चाइज शो एमटिभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतिक्षा गर्ने टिभी शो बन्न सफल भैसकेको छ । भोटको आधारमा, आन्तरिक र बाह्य, निश्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरुबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ । हिमालय रोडिज सिजन–३ आफैले यो यहाँ केका लागि खडा भएको छ भनेर प्रमाणित गरिदिएको छ ।
सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ । यसपटक पनि सम्पूर्ण कार्यहरु भरी एफ जेड सिरिजका बाइकहरुले नै रोडिजहरुलाई उनीहरुले पार गरिरहेका रोमाञ्चक कार्यहरुमा साथ दिइरहेको थियो । यो सिजन यामाहाद्वारा प्रस्तुत प्रतियोगीहरु र ग्यङ्ग्य लिडरहरुको शारीरिक तथा बौद्धिक दुवै क्षमतालाई चुनौति दिने खालको सिरिजकै सबैभन्दा कठिन कार्य गराएर सम्पन्न गरिएको थियो । “यामाहा एफ जेड, शोका सहभागीहरुलाई ल्याइएको कठोरतासँग म्याच अप गर्ने एक सही साथि हो ।”
एम डब्लुका बजार प्रमुख विक्रम पौडेलले भने, “रोडिज शोको निर्माण नै सम्भव भएसम्मका हरेक पक्ष–आध्यात्मिक, भौतिक अथवा भावनात्मक रुपमा प्रतिस्पर्धीहरुलाई चुनौती पेश गर्न र शारीरिक रुपमा उपयुक्त भएर बाँच्नका लागि गरिएको हो । यो यामाहा एफ जेड सिरिज, सडकहरुको मालिकका लागि आव्हान थियो । हामी अझ यो भन्दा धेरै रोमाञ्चकारी एवं प्रबल सिजन लिएर आउनेछौं, प्रतिक्षागर्दै रहनुहोस् ।”